सिमरा,नेकपा एमाले मधेस प्रदेशको आगामी असोज २४ र २५ गते जनकपुरमा हुन लागेको प्रथम अधिवेशनको लागि जीतपुरसिमरा उपमहानगरपालिकाबाट सहभागी हुने सबै प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन ।तिन दिनसम्मको रस्साकस्कीपछि प्रतिनिधिहरु सर्वसम्मत चयन भएका हुन । निर्वाचन अधिकृतको कार्यालयले मंगलवारको लागि मतदानको तयारी गरेको भएपनि अन्य उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता लिएपछि सहमतिको वतावरण बनेको हो । सहमतिको लागि सोमवारदेखि हुदै आएको प्रयास अन्तिम अवस्थामा आएर सफल बनेको थियो ।निर्वाचन अधिकृत केदारप्रसाद दहालले दिएको जानकारी अनुसार खुल्लातर्फ देवनारायण चौधरी, मनोज पौडेल, दिनेश्वर ठाकुर, किशोर शर्मा, हरिदेव खरेल, ताराबहादुर कार्की, रमेश चौधरी र ईश्वर ढकाल चयन भएका छन् ।यसैगरी महिलातर्फ चयन गुरुङ, सिता सुवेदी, सिमा ठकुरी, सुभद्रा न्यौपाने र अलोपिया चौधरीलाई चयन गरिएको छ । युवातर्फ भने सुवास श्रेष्ठ, सुनिल गुप्ता र महमद आरिफ हुसेन चयन भएका छन् । यसअघि खुल्लातर्फ २१, महिलातर्फ ९ र युवातर्फ ६ जनाले मनोनयन दर्ता गराएपछि मतदानबाट प्रतिनिधि छनौंट गर्ने प्रक्रिया अघि बढाइएको थियो । अन्य उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता लिएपछि प्रतिनिधिहरुको निर्विरोध चयन भएको हो ।जीतपुरसिमरासंगै अब बारा जिल्लाका सबै पालिकाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन । जिल्ला कमिटी सचिव अद्यान्द पाण्डेले दिएको जानकारीअनुसार अधिवेशनमा बारा जिल्लाबाट करिव ५० प्रतिनिधि सहभागी हुनेछन ।

Leave a Reply