बसन्त लामा

सिगौंल,रोपेको धान फल्ला र कुटेर दशैंमा मासु भात खाउँला भन्ने समना बुनेर बसेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलनटारका स्थानीय यतिबेला निराश बनेका छन । खेतमा रोपेको धान नफलेपछि अब दशैं कसरी मनाउने भन्ने चिन्तामा उनीहरु निराश बनेका हुन ।डेल्टा रानी जातको बिउ रोपेका यहाँका किसानले खेतमा रोपेको धानमा बाला नलागेपछि दशैं मनाउने चिन्ताले आफूहरुलाई सताउन थालेको स्थानीय कृषक श्रीबहादुर घिसिङ्गले दुखेसो पोख्नुभयो । आफूसहित भोलनटारका ४० घर परिवार किसानले रोपेको धानमा बाला नलागेको उहाँको भनाई छ ।निजगढ नगरपालिका वडा नम्बर २ सिगौलका बिक्रेताहरुबाट खरिद गरेको डेल्टा रानी जातको धान पाक्ने समय भइसक्दा पनि बाला नलागेको हो । किसानहरुले पसलबाट प्रतिप्याकेट ३ सय रुपैयामा बिउ खरिद गरेर धान रोपेका थिए ।‘ऋण काढेर धान रोपेका थियौं, अर्की स्थानीय सनीमाया बलले भन्नुभयो, अब फल्दैनफलेपछि ऋण तिर्ने कुरा त कता हो कता वर्षभरि पेट पाल्न पनि समस्या हुने भयो ।’ उहाँले पसलेले कमसल बिउ दिएर किसानहरुको पेट मार्ने काम गरेको भन्दै क्षेतिपूर्तिको माग गर्नुभएको छ ।उता, स्थानीय बिउ वितरकहरुले भने धान नफलेर पीडित बनेका भोलनटारका किसानहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने भन्दै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नफलेको धानको बोटको फोटो खिचेर बुझाउन आग्रह गरेका छन ।निजगढ नगरपालिका वडा नम्बर ९ मा पनि डेल्टा रानी बिउ रोपेका दर्जनभन्दा बढी किसानको धान नफलेपछि किसान पीडित बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here