दुष्यन्त चौधरी
कलैया – बारामा रहेको १६ वटा स्थानीय तहले आफ्नो क्षमता अनुसार क्वारेन्टाईनको व्यवस्था गरेको छ । आफ्नो क्षमता अनुसार नै करैयामाई गाउँपालिकाले ५ शैयाको क्वारेनटाईन स्थापना गरेको थियो । पछि पुनः गाउँपालिकाले ५ शैया थप गरी अहिले १० शैयाको क्वारेन्टाईन स्थापना गरेको छ ।
नोबेल कोरोना भाईरस (कोभिड–१९) परिक्षणको लागि बाराको करैयामाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा शुक्रबार आरडिटी परिक्षण गरिएको छ । करैयामाई गाउँपालिकाको वडा नम्बर २ करैयामा रहेको बिधालयमा रहेको क्वारेन्टाइनमा रहेका ७ जना मध्ये एक जनाको कोरोना भाइस संक्रमण परिक्षणको लागि बल्ड संकलन गरि आरडिटी .कीटबाट परिक्षण गरिएको हो ।
क्वारेन्टाईनमा रहेको मध्ये एक जनालाई रेपिट डाईगनस्टिक टेस्ट गरिए पछी घर फर्काएको र ६ जना क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विरेन्द्र महतोले जानकारी दिए । क्वारेन्टाईनमा रहेको एक जनालाई १४ दिन पुगी कीटको माध्यमबाट आरडिटी परिक्षण गर्दा नगेटिभ रहेकोमा घर पठाएको अधिकृत महतोले जनाएका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय बाराका भेकटर कन्ट्रोलर शंकर गुप्ताको टोलीले कोरोना सम्बन्धि चेकचाँजको लागि बल्ड संकलन गरि आरडिटी कीटको माध्यमबाट परिक्षण गरिएको अधिकृत महतोले बताए । कोरोना परिक्षणको लागि रक्त सकंलन गरि कीटको माध्यमबाट रेपिट डाईगन्सटिक टेस्ट परिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत महतोले सुनाए । साथै बाहिरबाट आएकाहरु दैनिक रुपमा २५ जना भन्दा बढीले कोरोना परिक्षण गराउने गरेको बताए ।