तराई मधेशमा माघे संक्रान्ति ताका खिचडी खाने गरिन्छ । निकै मेहनत गरेर खिचडी पकाइन्छ । यद्यपि यो खिचडी जहिले खादा पनि हुन्छ तर खिचडी राजनीतिक रुपमा भने पाक्न ढिला भयो भने यसले मुलुकलाई बर्बाद बनाउछ । राम्रोसंग पकाउन सके त ठीकै होला तर पाक्न ढिला भयो भने त्यसले क्षति नै गर्छ । हाल देशमा हुन लागेको स्थानीय तहको चुनावी माहौल त्यस्तै खिचडी पकाउने कुरा जस्तै भएको छ ।
एमाले एकतिर र बाँकी पाँच दल एकातिर भएर चुनावी तयारी गर्दैछन् । एमाले लगभग ढुक्क छ जसरी पनि जितिन्छ र धेरै स्थानीय तहमा आफूहरुको बहुमत आउनेमा एमालेका नेताहरु ढुक्क छन् तर सत्तामा रहेका र खिचडी पकाउन तल्लिन दलहरुले भने गठबन्धन रुपी खिचडी अझै पकाउन सकेका छैनन् जसका कारण पनि तल्लो तहमा समस्या भएको छ । गठबन्धनमा आवद्ध सत्तारुढ दलहरुलाई स्थानीय तहको भागबण्डा लगाउन खिचडी पकाउने जस्तै भएको छ ।
यो खिचडीले कत्ति काम गर्छ भन्ने पनि हुन सक्छ किनभने खिचडी पकाउन नै ढिला भएपछि कसरी काम गर्ला र यसले भन्ने प्रश्न पनि स्वतः उब्जिएको छ । त्यसै्रले पनि गठबन्धन रुपी खिचडी कसरी पाक्छ र यसले कस्तो परिणाम देला भनेर नतिजा हेर्नका लागि केही समय कुनै आवश्यक छ ।