कलैया,बारा प्रहरीले अघिल्लो साता जिल्लाको पचरौता नगरपालिकामा भएको छुट्टाछुट्टै हत्याको २ वटा घटनामा संलग्नहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारामा आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरी उपरीक्षक सुरेन्द्र काफ्लेले हत्या घटना विवरण सार्वजनिक गर्नुभएको हो । पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीमा एक परिवारको महिला सदस्यसंग अवैध यौन सम्बन्ध राखेको रिसमा स्थानीय ३५ वर्षिय अमरेश सिंहको गत असोज ८ गते हत्या गरिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।प्रहरीले घटनामा संलग्न भएको आरोपमा महिलाको परिवारका सदस्य स्थानीय श्यामलाल महतो, उनको जेठो छोरा अवधेश र कान्छो छोरा धनेशलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । ‘परिवारको सदस्यसग मृतक सिंहको अवैध यौन सम्बन्ध रहेको थाहा पाएपछि श्यामलालले छोराहरूसँग मिलेर सिंहको हत्या गरेका हुन, उपरीक्षक काफ्लेले भन्नुभयो, ‘परिवारको इज्जत जोगाउनका लागि योजना नै बनाएर सिंहको हत्या गरिएको देखियो ।’पक्राउ परेकाहरुले दिएको बयानको आधारमा प्रहरीले यस्तो निष्कर्ष निकालेको बताएको छ । उनीहरुले प्रहरीसंगको बयानमा हत्या स्वीकार गर्दै कारण पनि खोलेको प्रहरीको भनाई छ ।सिंहको हत्या गर्ने योजनाकार मध्ये अहिले पनि दुई जना फरार रहेको प्रहरीले जनाएको छ । टाउकोमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा सिंहको शव नेपाल–भारत सीमा नजिकै फेला परेको थियो ।हत्या गरिएका सिंह पूर्वसशस्त्र प्रहरी जवान हुन् । केही महिना अगाडि मात्रै जागिरबाट राजीनामा दिएर उनले पचरौतासँग जोडिएको नेपाल–भारत सीमा नजिकै मदिरा पसल सञ्चालन गर्दै आइरहेका थिए ।त्यसैगरी असोज ९ गते पचरौता– ६ लक्ष्मिनिया पोखरी नजिक शव फेला परेका भारतीय युवकको हत्यामा उनको पत्नी समेतको संलग्नता रहेको बारा प्रहरीले जनाएको छ । भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना– १ सुक्लहिया गाउँका वर्ष २५ का अजितकुमार सिंहको नेपाल–भारत सीमाभन्दा करिब ७ सय मिटरभित्र नेपाली भूमिका गोली हानी हत्या भएको थियो ।लुटिएको सुनको पैसाले किनेको जग्गाको हिस्सामा विवाद हुँदा पत्नीको समेत संलग्नतामा नेपालमा ल्याएर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पनि तीन जनालाई पक्राउ गरि आइतवार नै सार्वजनिक गरेको थियो ।प्रहरीका अनुसार करिव तीन वर्षअगाडि मृतक सिंहसहित पक्राउ परेकाहरुले भारतको घोडासहनमा लुटपाट गरेको सुनबाट मृतक सिंहलाई दिने भनिएको ८ लाख रकम एकमुष्ट रुपमा भारतको छौडादानो भन्ने ठाउँमा जग्गा प्लोटिङमा लगानी गरिएको थियो । जग्गाको हिस्साको विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।प्रहरीले दिएको जानकारी अनुसार अजितको हत्यामा संलग्नै सबै उनकै गाउँका हुन् । उनलाई २५ वर्षिय सुजितकुमार सिंहले गोली प्रहार गरेका थिए । उनी अजितकै ग्याङमा संलग्न भई विभिन्न अपराधिक घटनामा संलग्न भएका व्यक्ति भएको प्रहरीको भनाई छ । हत्या पूर्वको सिसीटिभी फुटेजमा अजितले चलाएको मोटरसाईकलमा सुजित सवार थिए । प्रहरीले घटनास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here