कृष्णउदास खनाल

वीरगन्ज,सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश सभा बैठकले प्रदेश २ को नाम र राजधानी त टुंगो लगाएको तर यो निर्णय विवादित बन्नपुगेको छ । जनकपुर र मधेश प्रदेश नाममाथि नै यहाँका राजनीतिक दलहरुले असंतुष्टी जनाएका छन् ।

मधेश आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगन्जलाई अपमान गर्दै जनकपुरलाई राजधानी र कुनै एक भूगोल विशेषको नाम राखेको भन्दै पर्सा र बारा क्षेत्रका सबै तहका व्यक्तिहरुले भने बिरोध जनाएका छन् । मधेश प्रदेशका मुख्यमन्त्रीसमेत रहेका लालबावु राउतको भूमिकामाथि समेत प्रश्न उठाउदै उहाँमाथि समेत बिभिन्न टीका टीप्पणी उहाँकै पार्टीबाट पनि भइरहेको छ ।

मधेश प्रदेशकी सांसदसमेत रहेकी वीरगन्जकी करिना बेगमले आफू मुख्यमन्त्रीको बिरुद्धमा बोल्ने पक्षमा नभएपनि जनकपुर राजधानी स्वीकार्न नसकिने बताउनुभयो । उहाँले यसको बिकल्पको खोजी अब हुने बताउनुभयो । प्रदेश सभाको निर्णयकै बिरुद्धमा आन्दोलन हुने र आफूहरु मधेश प्रदेशबाट अलग रही बागामती प्रदेशमा समाहित हुने. चाहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पार्टीेका नेतासमेत रहनु भएका मनोज चौधरीले जनकपपुर राजधानी र मधेश प्रदेश नाम राखिनु वीरगन्जमाथि ठूलो अन्याय भएकाले अब बिद्रोहको बिकल्प नभएको बताउनुभयो । उहाँले प्रदेश सभाका संसादहरुको कमीकमजोरी र हिजो मधेश बिद्रोह गराउने नेताहरुको बद्मासीका कारण यो अवस्था भएको बताउनुभयो । वीरगन्जमा मुख्यमन्त्री राउतकै बिरुद्धमा सोमबार साँझ नै बिरोध प्रदर्शन हुनुका साथै उहाँको पुत्ला दहन भएको छ भने काँग्रेस लगायतका दलहरुदले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

किन स्वीकार्य छ हेटौंडा

बारा र पर्सा भौगोलिक रुपबाट नेपालको सुन्दर भूमिका रुपमा रहदै आएको छ । राजनीतिक परिवर्तनमा वीरगन्जले आजसम्म धेरै ठूलो भूमिका निर्वाह गरेको धेरैले महुुुसस गरेका छन् । करिब ६ वर्षअगाडि नारायणी अंचलको व्यवस्था रहदासम्म वीरगन्ज र यस क्षेत्रका सबै नागरिकहरुको केन्द्र लगभग हेटौंडा थियो ।

वीरगन्जबाट हेटौंडाको दुरी जम्मा ५५ किलोमिटर रहेको छ र यो भनेको बिहान खाना खाएर आए पनि दिनभर काम गरेर वीरगन्ज फर्कने सक्ने अवस्था बारा र पर्साका नागरिकहरुका लागि छ । अझै बाराको सिमरा क्षेत्रका नागरिकहरुका लागि त हेटौंडा धेरै नजिक छ । सिमराबाट जम्मा २८ किलोमिटर तर जनकपुर एक सय किलोमिटरभन्दा बढी टाढा भएकाले पनि जनकपुर स्वीकार्य नहुने तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताउनुभयो ।

पहाडी समुदायका ब्यक्तिहरु भन्दा कयौं गुना खराब नियत भएका जनकपुर क्षेत्रका व्यक्ति भएकाले जनकपुरभन्दा हेटौंडा उपयुक्त हुने उहाँले बताउनुभयो । यसअघि अंचल हुँदा र मध्यमाञ्चलको संरचना हुँदा समेत यस क्षेत्रको राजधानी जस्तो हेटौंडा भएकाले हेटौंडा स्वीकार गर्न सकिने यहाँका सबै समुदायका व्यक्तिहरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here