सर्लाही,लागुऔषध ओसारपसारको मुद्दामा सर्लाहीमा पक्राउ परेका एक जना थुनुवा प्रहरी हिरासतबाट भाग्न सफल भएका छन ्। सर्लाही जिल्लाको हरिवनस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका बरहथवा नगरपालिका वडा नम्बर ९ मुर्तियाका रामअयोधी मुखिया शनिवार राति फरार भएका हुन् ।

मुखियालाई नियन्त्रणमा लिन प्रहरीले व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । स्रोतका अनुसार प्रहरीको प्रारम्भिक नियन्त्रणमा आइसके पनि यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बुझिएको छ ।थुनुवा कक्षबाट थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत र सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा तानिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार फरार थुनुवाको खोजी तीव्र बनाइएको छ, भने घटनाको थप अनुसन्धान भइरहेको छ ।














