काठमाण्डौ – पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन विज्ञहरुले सुझाव दिएका छन् । चीन–पाकिस्तान आर्थिक करिडोर ढाँचा कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा विज्ञहरुले यसै अन्तर्गत हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न सुुझाव दिएका हुन् ।पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या भइरहेको बेलामा विज्ञहरुले स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्न पाकिस्तानको लागि अहिले उच्च अवसर रहेको बताए । राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताउनुभयो ।पाकिस्तानको ग्वादर बन्दरगाहलाई चीनको सिन्जियाङ क्षेत्रको काशगरसँग जोड्ने करिडोर गएको वर्षदेखि शुरु भएको हो । जस अन्तर्गत उर्जाको रुपान्तरण मुख्य उद्देश्य रहेको छ ।


















