सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अति विपन्न धानुक र मुसहर समुदायमा २० वटा पक्की घर र १०÷१० हजार नगद हस्तान्तरण गरिएको छ ।दाता प्रभु शमशेर जबरा तथा राजी राना परोपकार निजि गुठीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलका दलित समुदायको लागि आवासको घर र नगद सहयोगको व्यवस्थापन गरेको हो ।बर्खामा पानी र हिउँदमा ठण्डीले पिरोलिएका धानुक र मुसहर जातीका स्थानीयहरु घर पाएपछि निकै खुसी देखिएका छन । नगौलमा २० दलित परिवारको लागि निर्माण गरिएको घर परोपकार गुठीकी अध्यक्ष राजि राना र मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।दलितहरूका लागि परोपकार गुठीले ७ कठ्ठा १२ धुर जमिन खरिद गरेर प्रतिघर २२ देखि २५ लाखको लागतमा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदीन अन्सारीले बताउनुभयो ।गुठीले मधेश प्रदेशका अन्य जिल्लमा पनि अति बिपन्न दलितहरुको लागि थप घर निर्माण गरेर हस्तान्तरण गर्ने जनाएको छ ।