गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावले जसले जे भने पनि आम नागरिकहरु चुनावका लागि तयार छन् भन्ने संदेश दिएका छन् ।

स्थानीय तहको चुनावपछि अब संसदीय चुनाव हुनुपर्नेछ । कानुनतः अबको करिब ११० दिनभित्र संसदीय चुनाव हुन आवश्यक देखिन्छ । यस विषयमा निर्वाचन आयोगले. सरकारको ध्यानाकर्षण समेत गराएको छ । तर सरकारले चुनाव घोषणा गर्न भने आनाकानी गरिरहेको छ ।

कतिपयले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषिसंग परामर्स गरिरहेको पनि भनिएको छ । तर चुनाव केवल साइतको अधारमा मात्र नभइ देश र परिस्थिति अनुसार पनि तोकिनु पर्दछ । हुनत आज भोलिमा नै सरकारले संसदीय चुनावका लागि मिति घोषणा गर्ला नै तर यसो भन्दैमा सरकारले अहिले गरिरहेको गृहकार्य भने प्रर्याप्त छैन ।

चुनावका लागि आफ्नो स्वार्थ प्रवृत्ति दलहरुले देखाएका कारणले पनि समयमा नै चुनाव नहोला भन्ने आशंका उत्पन्न भएको हो । २०७४ साल बैशाख १० र २१ गते अघिल्लो चुनाव भएकाले अब यही समयमा वा मंसिरमा चुनाव गर्नुको बिकल्प छैन । यतातिर दलहरुले सोच्न आवश्यक छ ।

 

Leave a Reply