सिमरा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित संगालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं स्थापना दिवसका अवसरमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।
सिमरास्थित जीतपुरसिमरा अस्पतालमा आयोजना गरिएको शिविरमा दुई सय ५०भन्दा बढीले आँखा जाँच गराएका थिए । संस्थाका अनुसार नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दहालसहित नगरभित्रका स्थानीयले आँखा जाँच गराएका हुन् ।
संस्थाका अध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न आँखा शिविरमा वीरगञ्जस्थित किरण अस्पतालका चिकित्सकले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply