कलैया,राष्ट्रिय जनगणना २०७८ अनुसार बाराका १६ स्थानीय तहहरु मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या कलैया उपमहानगरपालिकामा देखिएको छ ।

कलैयाको जनसङ्ख्या १ लाख ४१ हजार १ सय ७९ पुगेको छ । जसमा पुरुष ७२ हजार ५ सय ४० र महिला ६८ हजार ६ सय ३९ छन् । दोस्रो धेरै जनसङ्ख्या जीतपुरसिमरा उपमहानगरपालिकामा र त्यसपछि महागढीमाई नगरपालिका जनसङ्ख्याको आकारको हिसाबमा तेस्रो स्थानमा रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १ लाख १९ हजार १ सय ४१ र महागढीमाई नगरपालिकाको ५९ हजार ७ सय ४४ रहेको छ ।

त्यसैगरी जिल्लामा सबैभन्दा कम जनसंख्या प्रसौनी गाउँपालिकामा रहेको छ । प्रसौनी गाउँपालिकाको जनसंख्या २१ हजार ७ सय ४७ मात्र छ । जसमा पुरुष ११ हजार १ सय ४६ र महिला १० हजार ६ सय १ छन ।

बारा जिल्लामा कुल जनसंख्या ७ लाख ४३ हजार ९ सय ७५ रहेको छ । जसमा पुरुष ३ लाख ८० हजार १ सय ९२ र महिला ३ लाख ६३ हजार ७ सय ८३ यो जनसंख्या ०.७५ प्रतिशतले वृद्धि भएको छ ।

१० वर्षको अन्तरालमा जिल्लाको जनसंख्या ५६ हजार २ सय ६७ ले वृद्धि भएको छ । २०६८ सालमा भएको जनगणनामा जिल्लामा ६ लाख ८७ हजार ७ सय ८ जनसंख्या रहेको थियो ।

Leave a Reply