दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी नगरपालिकामा थारु कल्याणकारीणी सभाको प्रथम कोल्हबी नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।नगरपालिकाको वडा नम्बर १ मा रहेको थारु सदनमा थारु कल्याणकारीणी सभाको प्रथम कोल्हबी नगर अधिवेशन सम्पन्न भएको हो ।कल्याणकारीणी सभा बाराका अध्यक्ष प्रसाद चौधरीको प्रमुख आतिथ्यता र थारु कल्याणकारीणी सभाको बारा क्षेत्र नम्बर १ का सचिव रबिन्द्रप्रसाद पनुहरको सभापतित्वमा अधिवेशन सम्पन्न भएको हो । थारु कल्याणकारीणी सभाको प्रथम कोल्हबी नगर अधिवेशनले सर्वसहमतिले २१ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको सभापतिमा रामनाथ चौधरी, उपसभापति सुरेशप्रसाद चौधरी, जगदेव चौधरी, महिला उपसभापति रतनमाला चौधर, सचिवमा ज्ञानेन्द्र चौधरी, कोषाध्यक्ष प्रेमनारायण चौधरी, सहसचिव योगेन्द्र चौधरी र सदस्यहरु गोबिन्दप्रसाद चौधरी, रामकिशुन चौधरी, पार्वती चौधरी, मञ्जु चौधरी, ललिताकुमारी चौधरी, नगिनाकुमारी चौधरी, शिवकुमार चौधरी, उर्मिला चौधरी, सुनिता चौधरी, रामप्रताप चोधरी, जितेन्द्र चौधरी, लालबाबु चौधरी, जचन चौधरी, रामप्रसाद चौधरीलगायतका छन् ।