रौतहटको गौरमा माओवादी कार्यकर्ता मारिएको घटनाले फेरि एक पटक बहस सृजना गरेको छ । नेकपा माओवादीले २०६३ साल चैत ७ गते गौरमा आयोजना गर्न लागेको सभामा तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको नाउमा प्रतिकार भएको भनिएपछि त्यहाँ नरसंहार भएको थियो । यद्यपि सरकारी पक्षबाट त यो हत्याको छानबिन हुने संभावना छैन नै तैपनि अहिले कुरा उठेको छ । २८ जना निर्दोष माओवादीहरुको भारतीय भाडाका गुण्डाहरुको सहयोगमा गौरमा नरसंहार मच्चाइएको थियो ।त्यो नरसंहार निकै भयानक थियो । हुन त हत्या आफैमा क्रुर हो तैपनि पासबिक र बलात्कारपछि जघन्य रुपमा भएको हत्याको उन्मुक्ति पाउने कुरै भएन । करिब एक दशकअघि वीरगञ्जमा भएको एक कार्यक्रममा तत्कालिन फोरमकै नेताको हैसियतले जयप्रकाश गुप्ताले गौर हत्यामा आफूहरुको संलग्नता रहेको कुरा मंचबाट नै भनेका थिए ।अब यो हिसावले गौर हत्यामा कसको संलग्नता छ भन्ने कुरा छानबिनका लागि त्यत्ति समस्या छैन तर दोषी करार गरी कारबाही गर्न कठिन छ । बेला बेलामा उनै उपेन्द्र यादवले गौरको कुरा गर्दा उनले प्रचण्डमाथि पनि मुद्दा चलाउने धम्की दिने गरेकाले अब सर्बोच्चमा पुगेको यो बिषयले न्यायलयबाट केही राहत पाए फरक कुरा नत्र सत्य छानबिन हुने संभावना भने छैन ।