वीरगञ्ज,वीरगञ्जमा सडकमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरका ४० बर्षिय केदार पटेल रहेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर। ३० स्थित सडकमा रोकी राखेको बा.प्र.०३–००१ ख ०४०७ नम्बरको ट्रकमा शुक्रबारराति प्र.३–६३००प ३९३८ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पटेल गम्भिर घाइते भएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । मोटरसाइकल ठोक्किएको ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here