हुनत बिश्व इतिहाँसको कुरा गर्ने हो भने चीनमा माओत्सेतुंगले संचालन गरेको युुद्धमा होस् वा रुसमा भएको अक्टोबर क्रान्तिमा नै किन नहोस् शिक्षकहरुको भूमिका निकै महत्वपूर्ण रहेको पाइन्छ ।नेपालमा त यसैपनि राणाकालिन समयमा नै शिक्षकहरुले परिवर्तनलाई आत्मसाथ गरेको देखिन्छ । शिक्षकहरु परिवर्तन हुनु आफैमा नराम्रो कुरा होइन तर दलमा विभाजित हुनु चैं ठीक हो वा होइनमा यसमा समीक्षा गर्न आवश्यक देखिएको छ ।गएको बिहीवार देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु काठमाडौं आन्दोलनमा गए र उनीहरुले काठमाडौं दुई दिन ठप्प पनि बनाए । शिक्षकहरुले विद्यालय बन्द गरेर काठमाडौंमा नारा लगाइरहदा उनीहरुको आलोचना पनि भयो । उनीहरुको आन्दोलनले विद्यार्थीलाई के दियो भन्ने प्रश्न पनि उब्जिएको छ । शुक्रवार सरकार र शिक्षकहरुका बीचमा सहमति हुँदै गर्दा एकखाले शिक्षकहरुमा नै असंतुष्टी देखिएको छ । यसबाट पनि के स्पष्ट हुन्छ भने शिक्षक आन्दोलन स्वार्थरहित थिएन र छैन ।यहाँ शिक्षक वा यो पेसाको अनादर गर्न खोजिएको होइन तर विद्यार्थीको भविष्य चौपट बनाएर आन्दोलन गरेर शिक्षकहरुले के पाए भन्ने प्रश्न मुल हो । सरकारसंग भएको ६ बुँदाको सार हेर्ने हो भने धेरैले शिक्षकहरु चिसो पानीमा नुहाएर फर्किएको टिप्पणी गरेका छन् । जे भएपनि अब फेरि पनि शिक्षकहरु सडकमा उत्रने दिन नआसोस् यसतर्फ भने सबैले सोच्न आवश्यक छ ।

Leave a Reply