निजगढ,बारा प्रहरीले लागूऔषध गाँजा मुद्दामा १ बर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरिएका निजगढका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरी कारबाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएको मुद्दामा वारदात पश्चात फरार रहेका निजगढ नगरपालिका वडा नम्बर १२ कुलिया टोलमा बस्ने ४२ वर्षीय खेकु मुक्तान भन्ने तिलकबहादुर मुक्तानलाई बिहिवार पक्राउ गरेको हो ।

खोज तलासको क्रममा लुकिछिपि बसेको अवस्थामा मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभयो ।पक्राउ परेका मुक्तानलाई बारा जिल्ला अदालतमा दाखिला गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply