वीरगञ्ज,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) पर्सा जिल्लाको १५ औं र वीरगञ्ज महानगर समितिको ५आंै बार्षिक साधारणसभा सम्पन्न भएको छ । प्याब्सन पर्सा र वीरगञ्ज महानगरको संयुक्त आयोजनामा वीरगञ्जको होटेल भिस्वाको सभाहलमा अयोजित बार्षिक साधारणसभाको प्रमुख अतिथि प्याब्सन मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीले पानसमा दिप प्रज्वल्लन गरि उद्धाटन गर्नुभएको थियो ।
प्याबसन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगञ्ज अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा एवं मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अतिथि मधेस प्रदेश योजना आयोगका सदस्य एवं प्याब्सन पर्साका पूर्वअध्यक्ष शिक्षाविद्ध डा. हरिशंकरप्रसाद साह, प्याब्सनका केन्द्रिय सदस्य छेडुप लामा, मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, वरिष्ठ सल्लाहकारद्वय मणि पाख्रिन र लालबाबुप्रसाद कुर्मी लगायत प्याब्सन पर्सामा आबद्ध स्कुलका संस्थापक एवं प्रन्सिपलहरुको सहभागिता रहेको थियो ।



















