कलैया,सुनचाँदी व्यवसायी महासङ्घ बाराका अध्यक्ष शिवकुमार सर्राफले तस्करीको सुन किनेको स्वीकार गरेका छन् ।
सुनचाँदी व्यवसायी महासङ्घ बाराका अध्यक्ष सर्राफले बुटवल घर भएका सुमन खरेलसँग सुन खरिद गरेको स्वीकार गरेका हुन ।६० किलो ७ सय ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका सर्राफले बयानका क्रममा खरेलसँग काठमाडौँमा आधा किलो सुन खरिद गरेको स्वीकार गरेका हन ।खरेल पनि सोही प्रकरणमा पक्राउ परेका छन् । सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय उपाध्यक्ष समेत रहेका सर्राफले चिनियाँ सुन तस्कर याओ पुचेङ्गले दिएको सुन खरेलमार्फत खरिद गरेका थिए ।काठमाडौँको रातो पुल र कालो पुलमा खरेलसँग भेटेर उनले सुन खरिद गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here