काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् ।आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

घरेलु मैदानमै आयोजना भएको साफ च्याम्पियनसिपको ट्रफी घरमा राख्दै पहिलो पटक च्याम्पियन बनेर नेपाली दर्शक र समर्थकलाई खुशी दिने नेपालको चाहना छ । यस्तै बंगलादेश पनि फाइनल खेल्न तयार छ र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

Leave a Reply