वीरगञ्ज,वीरगञ्जमा लागूऔषधसहित हेटौडाका एक जना युवक पक्राउ परेका छन् ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय अजित तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।बुधवार साँझ ५ बजे भारतको रक्सौलबाट प्र २–०२–००४ प ७४९५ नम्बरको स्कुटरमा वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज –१६ शङ्कराचार्य गेटस्थित सडक खण्डबाट तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १ सय एमएलको ओनरेक्स ६९ वटा बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।स्कुटर र लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।



















