निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित शिवनगर टोलमा शुक्रवार भएको भेलाले श्रीशिव नगर टोल विकास संस्था गठन गरिएको छ ।वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको उपस्थितिमा भएको भेलाले रामानन्दप्रसाद साहको अध्यक्षतामा ११ सदस्यीय श्रीशिव नगर टोल विकास संस्था गठन गरेको हो । समितिको उपाध्यक्षमा धनबहादुर गोले, सचिवमा हरेन्द्र साह रौनियार र कोषाध्यक्षमा जुना श्रेष्ठ चयन भएका छन । समितिको सदस्यहरुमा नारायण सापकोटा, रजनी भण्डारी, सबिता दर्लामी मगर, सिता कुशवार, मिलन रुम्बा, सुरेश ढकाल र गिता माझी रहेका छन ।
भेलामा टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारको बारेमा वडा अध्यक्ष टेकबहादुर लामा र स्थानीय समाजसेवी घनश्याम लम्सालले बोल्नुभएको थियो । त्यसैगरी कार्यक्रमको संचालन सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारले गर्नुभएको थियो ।



















