सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलिया खेल मैदानमा भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल्दै गरेका एक गोलरक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय अरुणकुमार चौधरी रहेका छन् ।थारु ११ र वीरगञ्ज सिटी भेट्रान क्लबबीच भएको फाइनल खेलका क्रममा अचेत भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको जीतपुरसिमरा वडा नम्बर ५ का वडा अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिनुभयो । अचानक अचेत भएका चौधरीलाई सिमरास्थित अल्पाइन अस्पताल हुँदै उपचारको लागि वीरगञ्ज लगिएको थियो ।थारु ११ टिम बाट खेलेका चौधरी खेलको अन्तिम समयमा मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा अर्का गोलरक्षक मैदानमा पठाइएको थियो । मैदानबाट बाहिरिएको केही समयपछि टाइब्रेकर चलिरहेका बेला चौधरी अचानक ढलेका थिए ।