काठमाण्डौं,चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ ।राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ ।पछिल्लोे समय भने खानी क्षेत्रको सुरक्षामा सुधार हुँदै गएको तर, नियम उल्लङ्घनका कारण दुर्घटना हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उहाँलाई वैदिक परम्पराअनुसार पुजा अर्चना गराउनुभएको थियो । राष्ट्रपति पौडेलले जानकी माताको पुजा गरेपश्चात मन्दिरको परिक्रमा गर्नुभएको थियो ।राष्ट्रपति पौडेलसहितका टोलीलाई मन्दिर परिसरमा महन्थ दासले फुलमालासहित खादा लगाएर सम्मान समेत गर्नुभएको थियो । आधा घण्टाका लागि मन्दिरमा सर्वसधारणको प्रवेशमा रोक लगाइएको थियो भने नगर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।