वीरगञ्ज,नेकपा एमाले पर्सागढी नगर कमिटीले एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुबासचन्द्र नेम्वाङको निधनप्रति मंगलगवार पर्साको पर्सागढीमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको छ ।पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहारमा नेकपा एमाले पर्सागढी नगर कमिटी सचिव रामबहादुर प्रसाद चौधरीको अध्यक्षतामा श्रद्धाञ्जी सभा सम्पन्न भएको हो ।सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको अभाव महसुस हुने बताउनुभयो । उहाँले सहमति र सहकार्यबीच राजनिति गर्ने नेता नेम्वाङ सत्ता र शक्तिको कहिले पनि दुरुपयोग नगर्ने राष्ट्रको नेताको रुपमा रहनुभएको जानकारी दिनुभयो ।श्रद्धाञ्जली कार्यक्रममा पर्सागढी नगरपालिका नगरप्रमुख तथा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य गोकर्ण पाठक, नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधि धर्मदेव पंजियार, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बिक्रम कार्की, नेकपा समाजवादी पार्टीका नगर सचिव अरुणप्रकाश रेग्मी, नेकपा माओवादी पार्टीका प्रतिनिधि बलराम आचार्यले नेम्वाङले देश र जनताप्रति खेलेको भुमिकाबारे मन्तव्य व्यक्त गरेका थिए ।

















