निजगढ,कावर्न उत्सर्जन न्युनीकरण गर्नको लागि वन संरक्षण बापत समुदायले प्राप्त गर्ने लाभको बाँडफाड सम्बन्धि कार्यशाला गोष्ठी शनिवार निजगढमा सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बाराको आयोजना भएको सो कार्यक्रममा काबर्न व्यापारबाट समुदायले विश्व बैङ्कबाट प्राप्त गर्ने रकमको बाँडफाँडको बारेमा स्थानीय तहका जनप्रतिनिधि र वन उपभोक्ता समुहका लाभग्राहीहरुलाई जानकारी दिने उद्देश्यले छलफल भएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंह र सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्लाका अध्यक्ष राजजी बजगाईले सहभागीहरुलाई वन समुहले काबर्न सन्चिति गरेबापत विश्व बैङ्कले प्रदान गर्ने रकमको प्रकृया र कानुनी आधारको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीदेबी चौधरी र जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीलगायत जनप्रतिनिधि, वन संरक्षणकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply