आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिका वडा नम्बर २ रानिवास नैका बजारस्थित किराना पसलमा चोरी गरेको आरोपमा स्थानीयको कुटपिटबाट एकजना किशोर गंम्भीर घाइते बनेकाछन ।नैका बजारस्थित प्रदीप कुशवाहाको किराना पसलबाट सिम्रौनगढ ६ टोल बजारका १६ वर्षिय अलाउदिन अन्सारीले बुधबार राती नुन र कुर्सी चोरेका थिए । अन्सारीले चोरी गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको थियो । फुटेजको आधारमा बिहीवार सिम्रौनगढ बजारमा अन्सारीलाई मरासन्न हुनेगरी कुटपिट गरेर घाइते बनाइएको हो ।घाइते अन्सारीलाई उपचारको लागि सिम्रौनगढ नगर अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ । अन्सारीको अवस्थामा हाल सुधार भइरहेको आफन्तले जानकारी गराएका छन् ।

Leave a Reply