पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाइ समिति पथलैयाको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको कार्यालय परिसर पथलैयामा शनिवार सम्पन्न सभाको बारा क्षेत्र नम्बर ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सांसद श्रेष्ठले पथलैयाको पानी लगेर अमलेखगंजका जनतालाई ख्वाउने काम गरिने बताउनुभयो । “अमलेखगंजका जनाताले वषौंदेखि भोग्दै आईरहनु परेको खानेपानीको समस्या समाधानका लागि पथलैया खानेपानीलाई बलियो र भरपर्दो बनाउन पहल गर्नेछु, उहाँले भन्नुभयो, सयौं किलोमिटबाट पाईप लाईनमा तेल आउन सकिन्छ भने पथलैयाको पानी ७ किमी टाढाको अमलेखगंजसम्म किन लैजान सकिदैन । जसरी भएपनि पथलैयाबाट पानी लगेर अमलेखगंजको प्यास मेटाउँछु ।”यस्तै सांसद श्रेष्ठले पथलैयाका जनताको हित र यहाँको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रादेशिक ट्रमा सेन्टर र यातायात व्यवस्था कार्यालय पथलैयामा खोल्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।चुनाव जितेको ३ महिनाभित्र पथलैयाबासीलाई लालपूर्जा दिन्छ भनेर गरेको चुनावी बाचा आफुले नभुलेको सुनाउँदै श्रेष्ठले त्यो प्रकृयासमेत अन्तिम चरणमा रहेको बताउनुभयो ।“पथलैयाबासीलाई लालपूर्जा दिने चुनावीबाचा मैले भुलको छुईन । सरकार फेरबदल सहितको राजनैतिक वातावरण सहज नबन्दा बाचा पुरा गर्न ढिला भएको मात्रै हो । यद्यपि नाप नक्सा सहितका काम भएकाले केही समय पख्नुस पूर्जा वितरण गरेरै छाड्ने छु ।” साँसद श्रेष्ठले भन्नुभयो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक नानिराम हुमागाँई, खानेपानी डिभिजन कार्यालय बाराका प्रमुख किशोरीप्रसाद यादव, मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य शोभा लामा, वडा अध्यक्ष हिराबहादुर गुरुङ्ग लगायतकाले बोल्नुभएको थियो ।उपभोक्ता समितिले बार्षिक साधारण सभासँगै अधिवेशन गरेर आगामी ४ वर्षका लागि १५ सदस्यीय नयाँ नेतृत्व चुन्ने भएको छ ।त्यसका लागि सहमतिको प्रयास भैरहेको बताइएको छ । खानेपानी समिति पथलैयाको नेतृत्वका लागि विभिन्न पार्टीमा आस्था राख्ने र स्वतन्त्र गरी आधा दर्जन आकांक्षी देखिएका छन् । सहमति हुन नसके केही दिनभित्र चुनाव गरी नेतृत्वको टुङ्गो लगाइने समितिका पूर्वअध्यक्ष समेत रहनुभएका वडा नंम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ्गले बताउनुभयो ।२०५२ सालमा स्थापना भएको उपभोक्ता समिति पथलैयामा हाल करिब ६ सय जना सदस्य छन् । २ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेङ्कीबाट पथलैयामा खानेपानी सेवा वितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो ।कार्यक्रम खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुरेशकुमार लामा अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here