जियालाल चौधरी

कोल्हबी,बाराको बारागढी गाउँपालिकाले मंगलबार एक कार्यक्रमका बीच वडा न. ३ मा जनस्वास्थ्य प्रयोगशालाको उद्धाटन एवं गाउँपालिकाको १६ ओटा विद्यालयमा ६ सय ५० थान ट्याबलेट मोबाइल वितरण गरेको छ ।मधेस प्रदेश सरकार एवं स्थानीय तह बीचको सहकार्यमा गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रमको विशिष्ट अथितिमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देबी राई, कार्यालयका अधिकृत महेशकुमार ठाकुर, वडा नं. ३ का वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नं.१ का सुरेश प्रसाद चौधरी र वडा नं.५ का वडा अध्यक्ष मनेजर चौधरी रहनु भएको थियो ।त्यसैगरी अतिथिहरुमा स्वास्थ चौकीका प्रमुख बिनोदप्रसाद चौधरी, रामबाबुप्रसाद साह, बिनयभुसण कुमार चौधरी, पारसप्रसाद चौधरी, रामेश्वर चौधरी, कैलास राय यादव लगायत शिक्षक, बर्थिङ सेन्टरका अनमीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष जयसवालले जनस्वास्थ्य प्रयोगशालाबाट गाउँपालिका भित्रका जनताहरुले ५४ प्रकारका रोगहरुको परीक्षण सहज तरिकाले गर्न पाउने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले जनताले भोग्दै आएको स्वास्थ सम्बन्धि समस्यामा सहजता आउने आशा पनि व्यक्त गर्नुभयो ।कार्यक्रममा स्वागत मन्तव्य उमेशप्रसाद साह र कार्यक्रमको संचालन ओमप्रकाश चौधरीले गर्नुभएको थियो ।

Leave a Reply