नेपालमा अहिले दलीय राजनीतिक प्रणाली छ । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ र राजनीतिक दलहरुले आफ्ना गतिविधिहरु पनि निर्वाधरुपमा संचालन गर्न पाउने अवस्था छ ।राजनीतिक दलहरु र जनताको सम्बन्ध पनि लोकतन्त्रमा प्रगाढ रहने गरेको कुरा बताइन्छ । तर, नेपालमा नै फेरि दल र जनताको सम्बन्ध पनि राम्रो नभएका उदाहरणहरु भेटिन्छन् । जसका केही उदाहरणहरु समाजमा देखिन्छ ।बुधवारमात्रै पनि नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि हातपात मात्र होइन आक्रमण नै भएको छ । उहाँको भनाइमा असहमत रहेका एक व्यक्तिले उहँँलाई आक्रमण गरेको पनि देखिन्छ । त्यो भनेको यादवलाई आक्रमण गर्ने व्यक्तिको अन्य नियत जे भएपनि ती व्यक्तिमा राजनीतिक निराशा चैं देखिन्छ । नेपालमा राजनीतिक दलहरुप्रतिको चरम निराशाका रुपमा पनि यादवमाथिको आक्रमणलाई लिन सकिन्छ ।यद्यपि यसमापछि फरक रुपमा ब्याख्या त होलान् तर यसलाई दलहरुले आफूहरुप्रतिको वितृष्णाको रुपमा पनि लिनु पर्दछ । भ्रष्टचारमा संलग्न रहेको अभियोगमा जेल रहेका व्यक्तिलाई छुटाउने वा छुटाउन हुने भनेपछि यादवमाथि आक्रोश पनि देखिन्छ ।नेपालमा राजनीतिक पहुँचका आधारमा जघन्य अपराधलाई त माफी दिएको अवस्थामा भ्रष्टचारमा संलग्नहरुलाई माफी दिन दलहरुपछि हट्नेवला छैनन् भनेर पनि आक्रमण भएको देखिन्छ । यसरी आक्रमण हुनु राम्रो नभए पनि दलहरुले सोच्ने बेला चैं आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here