निजगढ,६ औं नेपाल रेडक्रस दिवसको अवसरमा मंगलवार निजगढमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ ९ स्थित रेगक्रस भवनमा भएको सो रक्तदान कार्यक्रममा ६६ जनाले रगत दान गरेका थिए । कार्यक्रममा १० महिलासहित ६६ जनाले रगत दान गरेको रेडक्रस निजगढका सभापती नारायण शर्माले जानकारी दिनुभयो ।त्यसैगरी रेडक्रसको माईस्थान उपशाखा वीरगञ्जले रेडक्रस दिवसको अवसरमा मंगलवार निःशुल्क स्वास्थ्य परीक्षण शिविर र मधुमेह रोग परीक्षण शिविर संचालन गरेको छ ।नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाका सभापती मदनप्रसाद गुप्ताको सभापतित्वमा गीता मन्दिर परिसर घडिअर्वामा भएको सो कार्यक्रमको प्रमुख अतिथि रेडक्रस मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिया र विशिष्ठ अतिति रेडक्रस पर्सा शाखाका सभापती बिरेन्द्रराज कंडेलले शिवीरको उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा डा. प्रमोद सरार्फले धन्यवाद मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बरिष्ठ चिकित्सक डा.प्रमोद सरार्फ, डा. निरज सिह, डा. दिप्ती यादव, डा. सागर सरार्फले शिविरका सहभागीहरुलाई शारीरिक परीक्षण गरि ३५ जनालाई परामर्श दिने कार्य गर्नुभएको थियो ।कार्यक्रममा शैलेन्द्रकुमार चौरासिया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशन्कर सिंह, काशीप्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता, संतोष जयसवाल, ओमप्रकाश जयसवाल, मधुसूदन उपाध्याय, उत्तमा प्याकुरेल, वीर शम्सेरप्रसाद कुर्मी, बिक्की सरार्फ, ओम गुप्ता, प्रमोद गुप्ता, सिवजी साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन राजन श्रीवास्तवले गर्नुभएको थियो ।

Leave a Reply