मनोज शाह
जीतपुर,सन्तान नहुँने दम्पत्तिलाई सन्तान प्राप्ति हुने आस्थाको रूपमा देश–विदेशमा प्रख्यात बाराको प्रसौनीस्थित तास्केश्वरनाथ जीनाथ बाबा मन्दिर परिसरमा हरेक वर्ष लाग्ने मेला आजबाट शुरू भएको छ ।मेलाको बारा जिल्ला क्षेत्र नम्बर ४ ‘ख’ का नेपाली कांग्रेसका सभापति लोकेश सिंहले विधिपूर्वक सोमवार पूजाआजा गर्दै उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा मन्दिरका पुजारी धनलाल ठाकुर, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपाल, गण्डक इलाका प्रहरी कार्यालयका राजकिशोर यादव, समाजसेवी बिरेन्द्र शाह, रमेश शाह, विजकिश्वर साह लगायत स्थानीय अगुवा तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

हरेक वर्ष झै मन्दिरमा यस वर्ष पनि यही सोमवार र मंगलवार मेला लाग्नेभएको हो ।निसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने विश्वासले तास्केश्वरनाथको मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनहरूको भीड लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ । मेलाको मुख्य आकर्षण नै सन्तान प्राप्तिसम्बन्धि सर्वसाधारणको आस्था रहेको मेलासमितिका अध्यक्ष केदार साहले जानकारी दिनुभयो ।

Leave a Reply