कलैया,बारा र पर्सा जिल्लाका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधनले भाडा आफूखुसी बढाएर उठाउन शुरु गरेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको मात्रै २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको छ । तर पर्सा र बाराका विभिन्न स्थानीय रुटमा चल्ने बस, मिनिबस, सिटिराइड बस, म्याजिक, टेम्पु लगायतका सवारीसाधनले आफुखशी बढाएर यात्रुसंग बढी भाडा असुल्दै आएका हुन् । यातायात व्यवस्था विभागले पनि लामो दूरीमा मात्रै भाडा बढाइएको जनाएको छ । तर वीरगन्ज र कलैयाबाट पर्सा र बाराका स्थानीय रुटमा चल्ने बस, मिनिबस, सिटिराइड बस, भ्याजिक भ्यान र टेम्पुले पहिलेको भाडामा ३० प्रतिशत भन्दा पनि बढी नै रकम थपेर यात्रुसंग भाडा असुल्दै आएका छन् । वीरगन्जबाट कलैयासम्मको भाडा यसअघि २५ रुपैया रहेकोमा अहिले यात्रुले ४० रुपैया तिर्नु परेको छ । वीरगन्जबाट हेटौडा, कुलेखानी हुदै काठमाण्डौ रुटमा चल्ने टाटा सुमोले पनि अहिले आफुखशुी दोब्बर भाडा बढाएका छन् । पहिले वीरगन्जबाट काठमाण्डौको भाडा ५ सय ३० रुपैया लिदै आएका टाटासुुमोका सन्चालकले अहिले भने एक हजार रुपैया असुली रहेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको मात्रै २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको भएपनि टाटासुमो सन्चालकले ५ सय ३० रुपैयाको भाडा अहिले दोब्बरले बढाएर १ हजार रुपैया लिदै आएका हुन् ।

यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । यातायात व्यवस्था विभागले आफूले गरेको भाडा समायोजनलाई नै आधार मानी प्रादेशिक यातायात अन्तर्गत एकै प्रदेशभित्र सञ्चालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले समेत त्यही अनुसार भाडा वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत नै जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । तर, भाडा बढाउने निर्णय नहुँदै प्रदेशस्तरीय र स्थानीय रुटमा भाडा बढाउँदा पनि अनुगमन र कारवाही गर्ने निकाय मौन बसेको छ । प्रदेश र स्थानीय तहभित्र चल्ने सवारीसाधनका सन्चालकले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर आफुखुशी भाडा बढाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here