सप्तरी – सप्तरीबाट निर्वाचित प्रदेश सांसद अनिरुद्रप्रसाद सिंह यादव पुर्पक्षका लागि थुनामा गएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो ।१६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले सोमवार राजविराज– ७ बाट यादवलाई पक्राउ गरेको थियो । यसअघि जनता समाजवादी पार्टीमा रहेका यादव गएको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उनी २०६४ असार १४ गतेदेखि नै फरारको सूचीमा थिए । सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाह– १ का माओवादी कार्यकर्ता ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता रहेको उल्लेख छ । मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिनुभएको थियो ।यता, यादवमाथि राजनीतिक प्रतिशोधले मुद्दा लगाइएको भन्दै सरकार तत्काल फिर्ता लिनुपर्ने यादव निकटका नेताहरुले माग गरेका छन् ।तत्कालीन नेपाल सदभावना पार्टीका अध्यक्ष स्व.गजेन्द्र नारायण सिंह नेतृत्वमा मधेशको राजनीतिमा यादव होमिएका थिए । पछिल्लो समयम उनी मधेशवादी दलहरुबाट नै आलोपालो राजनीति गरिरहेका छन् ।यादव स्वतन्त्र रुपमा निर्वाचन जिते पनि पछिल्लो समय राजनीतिमा जनता समाजवादी पार्टी (जसपा) निकट रहेका छन् ।यसअघि उनले राष्ट्रिय सभा सदस्य पदमा जसपाबाट उम्मेदवारी दिएका थिए । रौतहट जिल्लाको राइस मिल घटनामा संलग्न रहेका अभियुक्तहरुलाई पक्राउ गरिने सरकारले पीडित पक्षसंग सहमति गरेको १ महिना नबित्दै यादवलाई पक्राउ गरिएको छ ।रौतहट राईस मिलको घटनाको मुख्य अभियुक्त बनाइएका उपेन्द्र यादवलाई पक्राउ गरी मुद्दा चलाउन पूर्वमाओवादी नेता समेत रहेका आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह लगायतले आन्दोलन चलाउदैआएका छन् ।मधेस प्रदेश सांसद यादव पुर्पक्षका लागि थुनामामधेस प्रदेश सांसद यादव पुर्पक्षका लागि थुनामासभासद यादवलाई पक्राउ गरी गौर घटनाका अभियुक्तहरुलाई समेत पक्राउ गर्ने सरकारले संकेत गरेको जसपाका नेताहरुको बुझाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here