?

कृष्णउदास खनाल

वीरगन्ज,सडक डिभिजन कार्यालयले वीरगन्जको मुख्य बजार सहित लोकमार्गको दायँबायाँको भाग बिस्तार गर्ने तयारी गरेको छ । पटक पटक मुद्दा परेका कारण सडक बिस्तार गर्ने कार्यमा अवरोध आएपनि अब भने सडक बिस्तारको तयारीमा सडक डिभिजन कार्यालय हेटौंडा जुटेको हो । सर्बोच्च अदालतले हालै सडक बिस्तारको सवालमा फैसला गरेपछि अब आफूहरुका लागि बाटो खुलेको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राकेशकुमार यादवले जानकारी दिनुभयो । सडक डिभिजन हेटौंडाका प्रमुख यादवले बागमती प्रदेशको राजधानी हेटौंडा बजार सहित वीरगन्ज र आफ्नो कार्यालय मातातहमा रहेको सडकमा अब २५÷२५ मिटर नभएर २५÷२५ गज मात्रै भत्किाउने अन्तिम तयारी भइरहेको बताउनुभयो । सर्बोच्चले नै २५ गज भत्काउने आदेश दिएकाले अब कानुनी रुपमा कसैले झमेला गर्ने अवस्था नभएका कारण आफूहरु सडक चौडा गर्ने तायरीमा जुटेको यादवको भनाइ छ । यादवले मुख्यगरी वीरगन्ज,हेटौंडा,सिमरा,निजगढ सहितका मानवीय बस्ती भएका क्षेत्रमा सहमतिका आधार तय गर्दै सकेसम्म स्थानीयहरुले नै भत्काइए हुन्थ्यो भन्ने सोच आफूहरुको रहेको र यसका लागि पहल पनि गरिने र समय पनि दिइने तर यसो नभएको खण्डमा भने अन्तिम बिकल्पको रुपमा अबको ६ महिनाभित्रमा डोजर चलाउन बाध्य हुने बताउनुभयो ।

गज के हो ?

मिटर भन्दा जग सानो एकाई हो । एक मिटरमा ३ दशमलव २८०८४ फिट हुन्छ भने जगमा ३ फिट मात्रै हुन्छ । मिटर भन्दा जग ० दशमलव २८०८४ फिट कम हुन्छ । एक गज बराबर ३६ इन्चि हुन्छ । एक गज क्षेत्रफलमा ९ बर्गफिटमा हुन्छ । २५ गजमा ७५ फिट हुन्छ । यसैका आधारमा सडक चौडा गर्ने तयारी भइरहेको हो । वीरगन्ज हेटौंडा सडखण्डको पथलैया क्षेत्रमा राष्ट्रिय निकुञ्ज परेकाले जनावरहरुका लागि सहज आवतजावतका लागि परामर्स दाताले दिएको सुझाव आएपछि काम शुरु गर्ने तयारी सडक बिभागको छ ।

Leave a Reply