कलैया,बारा प्रहरीले एक लाख मूल्यका भन्सार छलीका खुद्रा सामान बरामद गरेको छ ।प्रहरीले एक लाख ९ हजार २०० मूल्य बराबरका भन्सार छलीका खुद्रा सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोसाकमा खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा एरियाबाट सामान पक्राउ गरेको जनाएको छ । भारतबाट राजश्व छली ल्याउदैँ गरेको अवस्थामा डिउ, स्प्राइट, कोकाकोला, स्ट्रिङग, चिनी, चना, तेल लगायतका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बरामद सामानमाथि प्रहरीले आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।

Leave a Reply