वीरगन्ज,भेट्रान सिटि क्लब वीरगञ्जले प्रथम वीरगञ्ज गोल्डकप ०८० फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।प्रतियोगित आदर्शनगर रंगशालामा यहि कात्तिक १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने क्लवले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।पर्यटन प्रवद्र्धन एवम् खेलको बिकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।झण्डै ५ बर्षपछि आर्दशनगर रंगशालामा आयोजना गरिने प्रतियोगिता मधेश प्रदेशकै उच्च धनराशीको प्रतियोगिता हो ।वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजकमा हुन लागेको प्रतियोगितामा नेपाल तथा भारतिय शहरका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा त्रिभुवन नेपाल फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस, डम डम कोलकत्ता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटि क्लब वीरगञ्ज सहभागि रहनेछन् ।करिब ८० लाख रुपँैया बजेटमा प्रतियोगिता आयोजना गरिने क्लवका अध्यक्ष सविन बस्नेतले जानकारी दिए । खेलमा प्रथम बिजेतालाई ११ लाख ११ हजार १ ११ रुपैया प्रदान गरिने छ । भने उप बिजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैँयाले पुरस्कृत गरिनेछ ।प्रत्येक दिन हुने खेलको म्याच अफ द म्याचलाई समेत विद्यागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।















