होली पर्वको रौनक सुरु भैसकेको छ । वसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने फागु पर्व (होली) एकआपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भई रङ्ग दलेर मनाइन्छ । प्रह्लाद र होलिका अनि श्रीकृष्ण र गोपिनीहरूको धार्मिक प्रसङ्ग बारे चासो नदिने नयाँ पुस्ता समेत रङ्गहरूको यो पर्वमा रमाइरहेको देख्न पाइन्छ ।होलीको पौराणिक ( प्रमाणिक) कथा अनुसार यो पर्वको सुरुवात नै हिरण्यकश्यपको पाला देखि नै भएको मनिन्छ । हिरण्यकश्यपको छोरा प्रह्लाद भगवानको अत्यन्त भक्त थिए । तर उनका पिता भने प्रह्लादले भगवान मानेको कुरा देखि निक्कै रिसाएका थिए । त्यसैले आफ्नो छोरालाई मार्न हिरण्यकश्यपले विभिन्न जाल जेल गरेका थिए तर सधै असफल भएका थिए ।

 

 

 

 

 

सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरु बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।

 

 

 

यसरी असत्य माथि सत्यको बिजय भएको कारण मनाउने चाडमा हिजो आज थुप्रै बिकृति देखा पर्न थालेका छन् ।सामान्यतयास् रङ्ग दलेर एक आपसमा खुशी मनाउने गरेता पनि शहरी ईलाकामा बेलुनमा पानि रंग भरेर हान्ने (लोला हान्ने), फोहोर पानी बाटोमा हिंड्ने मान्छेलाई छ्याप्ने, विभिन्न प्रकृतिका रंग हरु जबरजस्ती दलिदिने जस्ता बिकृतिले गर्दा यो चाडको महत्व नै हराउने त होइन भन्ने शङ्का उपशङ्का नउठ्ला भन्न सकिन्न ।तर,यसपली कोरोनाका कारण होली धेरै खल्लो भएको छ । जे जस्तो भए पनि तपाईं राम्रोसँग सभ्य र भब्य रुपमा होली मनाउनु होला । होलीको मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here