सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरमा महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाई कटाई लेडिज टेलर्सको उद्घाटन गरिएको छ । सोमवार एक कार्यक्रमको बीच वडा नम्बर ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले रिबन काटेर सिलाई कटाई लेडिज टेलर्सको उद्घाटन गर्नु भएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुरको सहयोगमा लक्ष्य प्राप्ति संस्थाले आयोजना गरेको ४५ दिने सिलाई कटाई तालिममा सहभागी भएका मध्ये १० जना महिलालाई छनौट गरेर सिलाई कटाई लेडिज टेलर्स संचालनमा ल्याईएको वडा अध्यक्ष गुप्ताले बताउनुभयो ।वडा नम्बर ७ को कार्यालयले १ महिनाको सटर भडामा समेत तिर्ने वडा सदस्य उप्रेतीले बताउनुभयो । उद्घाटनपछि बोल्दै वडा अध्यक्ष गुप्ताले मानिसलाई सीपले स्वरोजगार बनाउने बताउँदै श्रम र सीपले आय आर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताउनुभयो ।स्थानीयहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । वडाले आगामी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here