बारा – एक १४ चौध बर्षिया बालिकालाई बलात्कार गरी फरार भएका युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । युवक १६ बर्षिय नाबालक भएको भन्दै प्रहरीले पक्राउ गरेका उनको नाम सार्वजनिक गर्न नचाहेको बतायो । विवाह गर्ने प्रहलोभन देखाएर गत मंसिर २६ गते राती ९ बजेको समयमा कलैया उपमहानगरपालिका ७ स्थीत खेतमा लगी उनले बालिकालाई जबरजस्ती करणी गरेका थिए ।
बालिकाले आफ्ना परिवारका सदस्यलाई आफु बलात्कृत भएको बताएकी थिईन् । बालिकाको कुरा सुने लगतै उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बलात्कृत बालिकाका आफन्तले प्रहरीमा दिएको उजुरी पश्चात प्रहरीले युवकको खोजीकार्य थालेको थियो । खोजतलाशका क्रममा कलैया स्थीत उनकै घर नजिकैबाट मंगलबार विहान पक्राउ गरि हिरासतमा राख्न अदालतबाट म्याद लिई थप अनुसन्धान भैरहेको बाराका प्रहरी प्रमुख उपरिक्षक विकासराज खनालले जानकारी दिए ।