कलैया,यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने बाराका एकजनासहित दुईजनालाई काठमाण्डौंको कलंकी र बसपार्कबाट बुधबार ट्राफिक प्रहरीले पक्राउ गरको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिरका जिल्ला जाने यात्रुहरुसँग बढी भाडा लिइ ठगी गरेको आरोपमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ बर्षीय हृदय नारायण साह र गंगबु काउण्टरबाट ३५ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन ।

साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए भने चौधरीले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुहरुसँग प्रति ब्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म भाडा लिने गरेका थिए । निषेधाज्ञा लागू भएपश्चात बढि भाडा लिइ यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान सञ्‍चालन गरी छुट्टै डेडिकेटेड टिम समेत परिचालन गरेको ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘टोलीले सूचना संकलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गरी कारबाही गर्दै आएका छ ं।’ यसअघि निषेधाज्ञा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here