निजगढ,खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको नयाँ कार्यसमितिको निर्वाचन आगामी भदौ ३० गते हुने भएको छ ।समितिको चुनाव गर्न भनेर गठन भएको निर्वाचन मण्डलले निर्वाचन मिति तय गरेको निर्वाचन मण्डलका अघिकृत एवंम निजगढ नगरपालिकाका रोजगार संयोजक रिषभ काफ्लेले जानकारी दिनुभयो ।संयोजक काफ्लेका अनुसार भदौ १५ गते मतदाता नामावली प्रकाशन, उम्मेद्वारको मनोनयन पत्र दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।त्यसैगरी भदौ १६ गते उम्मेदवारहरुमाथि दाबी विरोध दर्ता, १८ गते उम्मेदवारको नाम फिर्ता लिने मिति तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि भाद्र २० गते उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको संयोजक काफ्लेले जानकारी दिनुभयो । समितिको निर्वाचन यहि भदौ ३० गते शनिवारका दिन गौरीशंकर मावि निजगढ ६ सडकटोलमा हुने निर्वाचन समितिका निर्वाचन अघिकृत काफ्लेले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here