बसन्त लामा
सिंगौल,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलवार निजगढ नगरपालिका वडा नम्बर ३ मा संचालनमा रहेका विभिन्न विकास निमार्णका आयोजनाहरुको अवलोकन गर्नुभएको छ ।मुख्यमन्त्री यादवले सिंगौल वडा नम्बर ३ स्थित धनसार सिँचाई, बगर खोलाको बेली ब्रिज, खानेपानी आयोजनासंगै निजगढबाट बागमती प्रदेशको मनवापुर जिल्लास्थित फापरबारी जोडने सडक निमार्ण क्षेत्रको पनि अवलोकन गर्नुभएको हो । निजगढ–फापरबारी सडकलाई मधेस सरकारले प्राथमिकता प्राप्त आयोजनाअन्तर्गत राख्ने बताउनुभएको छ । त्यसैगरी मुख्यमन्त्री यादवले सिंगौलको टाँसीधार्गेलीङ बौद्ध गुम्बाको अवस्थाको बारेमा पनि जानकारी लिनुभएको थियो । टाँसीधार्गेलीङ गुम्बाका प्रमुख लामा ओमङले मुख्यमन्त्री यादवलाई गुम्बाको निरीक्षण गराउनुभएको थियो । उहाँले गुम्बाको स्तरोन्नतिको लागि सकेको सहयोग गर्ने बताउनुभयो । सो अवसरमा बोल्दै मुख्यमन्त्रीले बारा जिल्लाको निजगढ नगरपालिकाको सिंगौल, जीतपुरसिमराको अमलेखगज र महोत्तरीको बर्दिवासमा खानेपानीको समस्या रहेको आफूले महशुस गरेको पनि बताउनुभयो ।मधेस प्रदेश सरकारले खानेपानी र सिंगौलको सिँचाई कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छसो अवसरमा निजगढ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले मुखमन्त्री यादवको सम्मानमा स्वागत कार्यक्रमसमेत आयोजना गरको थियो ।सम्मान कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, वडा सदस्य बुर्गान माया बल चनी बिक, कार्यपालिका सदश्य मानबहादुर डासेली, गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा सिंगौल अस्थायी प्रहरी पोष्टका प्रहरीलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको पनि उपस्थिति रहको थियो ।



















