राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले कुस्ती खेल मधेस र मधेसीको पहिचान भएको बताउनुभएको छ ।छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वामा आयोजना भएको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । श्री माहाशिवरात्री मेला समिति छिपहरमाइ– ५ भिस्वाले आयोजना गरेको कुस्ती प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज गुप्ताले रिबन काटेर र कुस्ति खेलाडीहरुसंग हात पहलवानहरु लाई हात मिलाएर उद्घाटन गर्नुभएको थियो ।

छिपहरमाई गाउँपालिका वडा नं ५ भिस्वा मेला समितिका अध्यक्ष सुगरिम साह कानुको अध्यक्षता भएको सो प्रतियोगिताको उद्धाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला प्रवक्ता रमेश पान्डेय, नेपाली काङ्ग्रेसबाट जिल्ला समन्वय समिति सदस्य बिजयप्रसाद पटेल, जिल्ला सचिव नविन सिंह, समसुलहक मियाँ, छिपहरमाई गाउँपालिकाकी उपाध्यक्ष लिलावती देबी कानु, प्रतिनिधि किशोरी साह कानु, दङ्गल सभापति वडा अध्यक्ष– ५ भिस्वाका मौजिलाल साह कानु , वडा अध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार, दिपेन्द्रकुमार सिंह, रामेश्वरप्रसाद महतो, कार्यपालिका सदस्य बलिस्टर साह, नरेशप्रसाद कलवार, राजबली यादव, बिनोद साह कानु, विश्वनाथ साह कानु, समाजसेवी मनोज पटेल, मेला समितिका अध्यक्ष सुग्रमी साह कानु, सचिव शिवु साह र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौंको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नेपाल र भारतका सयौंको महिला तथा पुरुष खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगितामा बसन्त थापा– नेपाल, देवा थापा– नेपाल, गुजर घोडा – राजस्थान भारत, काला चिता– मध्य प्रदेश भारत, लक्ष्मण पहलवान, नरेश पहलवान, महिला पहलवान लगायतले भाग लिएको कुस्तिका प्रशिक्षक अशोक यादवले बताउनुभयो ।

Leave a Reply