निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ को जंगलमा सडेको अवस्थामा शव फेला परेको छ ।निजगढ नगरपालिका– ९ को भमराखोला पूर्वको जंगलमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी बाराले जनाएको छ । उक्त शव रौतहटको गुजरा नगरपालिका सिम्रीका मानबहादुर मगरको रहेको प्रहरीले बताएको छ ।निजगढ नगरपालिका वडा नं ४ का मगर केहि समय अघिदेखि रौतहटको सिम्रीमा बसोवास गर्दै आएका थिए । निजगढमा वृद्ध भत्ता लिन आउने क्रममा मगर गत जेठ २७ गतेदेखि बेपत्ता भएका थिए । जंगलमा च्याउ खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मगरले लगाएको कपडा र भत्ता लिन आउदाँको सक्कल नागरिकताको आधारमा स्थानीयले शव पहिचान गरेका हुन । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताउनुभयो । प्रहरीले पोष्टमार्टमपछि मगरको शव दाहसंस्कारको लागि परिवारको जिम्मा लगाएको छ ।

















