जीतपुर,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झाब्राहा गाउँस्थित धान खेतमा मंगलवार मध्यान्ह एक पुरुषको शब फेला परेको छ ।मृतक पर्सागढी नगरपालिका वडा नम्बर ५ जिगना गाउँ निवासी नन्दु साहको छोरा अन्दाजी वर्ष ३५ को भगवान साह रहेको प्रहरीले जनाएको छ । धान खेतमा स्थानीयले सब देखेपछि बडनिहार प्रहरी चौकीलाई जानकारी गराएका थिए ।जानकारी पाएलगतै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । साहको मृत्यु के कारणले भएको हो अहिलेसम्म खुल्न नसकेको र सबको मुचुल्का उठाई पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरी चौकी बडनिहारका ईन्चार्ज गोपाल यादवले बताउनुभएको छ ।

Leave a Reply