वीरगन्ज,समृद्ध समाजका लागि युवा सशक्तीकरण (आइज) नेपालको आयोजनामा वीरगन्जमा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगन्ज पब्लिक कलेज (बिपिसी) को सभाकक्षमा भएको रक्तदानमा ६ जना महिलासहित १८ जनाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष महेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ध्रुब तारा, सुनिता न्यौपाने, कन्चन देवकोटा, आँशु यादव, सुरज पौडेल, विनोद अधिकारी, अरुण डङ्गोल लगायतले रक्तदान गरेको रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्य लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको प्रथम भेला तथा अन्तक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।

Leave a Reply