नरेश गुप्ता

बरियारपुर,बाराको बिश्रामपुर गाउँपालिका वडा नं १ कल्याणपुरबाट प्रतिवन्धित लागूऔषध सहित एक भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिश्रामपुर गाउँपालिका वडा नं १ कल्याणपुरस्थित सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी बरैनिया मातहत रहेको छतवाबाट सशस्त्र प्रहरीका हवल्दार अजय पासवानको कमाण्डमा खटेको टोलीले चेकजाँच गर्ने क्रममा शनिबार बेलुका भारतीय नागरिलाई प्रतिवन्धित लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मोतिहारी पुर्वीचम्पारण, आदापुर भवानीपुर ग्राम पंचायत १० बस्ने वर्ष १८ का सन्तोष कुमार रजकले रहेका छन । बिआर ०५वाइ२७५२

नम्बरको मोटरसाईकलबाट नेपालतर्फ आउदै गरेका रजकलाई डाईजोपाम ८९० पिस, नर्फिन ९०१ पिस, फेनराग ९२५ पिस गरी २७१६ पिस लागूऔषधसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजीतले जानकारी दिनुभयो । पक्राउ परेका रजकलाई लागूऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा बुझाएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply