चन्द्रपुर,रौतहटमा सेप्टीक ट्याङ्कीमा खसेर दुई जना बालबालिकाको ज्यान गएको छ । चन्द्रपुर–१० निबुवा टोल बस्ने गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदिश साहकी दुई वर्षीया छोरी खुश्बु साहको ट्याङ्कीमा खसेर ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।बालबालिका खेल्ने क्रममा हिजो बेलुका पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेप्टीक ट्याङ्कीमा खसेका प्रहरीले जनाएको छ ।उनीहरुलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।



















