वीरगञ्ज,वीरगन्जमा मंगलवारदेखि मोफसलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले नेसनल स्पोर्ट्स एकेडेमी सञ्चालनमा आएको छ ।ज्ञानदा एकेडेमी वीरगन्जले उक्त एकेडेमी सञ्चालनमा ल्याएको हो । पर्सा क्रिकेट संघका अध्यक्ष मनीष सिंहले एकेडेमीको उद्घाटन गनुभयो ।सिंहले पर्याप्त पूर्वाधार तथा जनशक्तिसहित सञ्चालनमा आएको एकेडेमीले वीरगन्ज मात्र नभई मधेश प्रदेशमै क्रिकेटका स्तरीय खेलाडी उत्पादन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । ज्ञानदा एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले एकेडेमीले गुणस्तरमा सम्झौता नगरेकाले एकेडेमीबाट प्रतिभावान खेलाडी उत्पादन हुने दाबी गर्नुभयो उहाँले भविष्यमा क्रिकेटसँगै फुटबल, बास्केटबललगायतका खेलको पनि एकेडमीमा प्रशिक्षण दिइने बताउनुभयो ।

Leave a Reply